arin enterprises

आगलागीमा साढे २ करोड रुपैयाँ बराबरको धनमाल नष्ट

SamacharDesk – बिराज | २०७७ पौष ९, बिहिबार

धनुषामा एउटा डिपार्टमेन्ट स्टोरमा आगलागी हुँदा करीब साढे २ करोड बराबरको धनमाल जलेर नष्ट भएको छ ।

जनकपुरको शिवचोकमा रहेको रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा आज बिहानी आगलागी भएको हो ।

जनकपुरमै बस्ने हरिकान्त मिश्रको स्टोरमा आगलागी हुँदा कस्मेटिक, ईलेक्ट्रोनिक, किराना सामान र तयारी कपडा समेत जलेर करिब साढे २ करोड रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको थियो ।

Categorized in समाज