arin enterprises

टोखाबाट १८ तोला सुनको गहना चोरी

SamacharDesk – बिकाश | २०७७ पौष १४, मंगलबार

काठमाडौंको टोखाबाट सुनका गहना र नगद गरी लाखौंको धनमाल चोरी भएको छ ।

टोखाको जलबिनायक कोलोनी बस्ने ४२ वर्षीया सुशिला शेरचनको घरबाट सोमबार राती सुनका गहनाहरु र नगद चोरी भएको हो ।

शेरचनको घरबाट १ थान हिराको हार, १ थान हिराको चुरा, १ थान औंठी, १ थान लकेट, १ थान टप समेत गरी करिब १८ तोला सुनका गरगहना चोरी भएको हो । नगद र गहना गरी ३२ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

चोरीमा संलग्न व्यक्तिहरु हाल फरार रहेको र तिनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध