arin enterprises

टिपर सडकबाट खस्दा चालकको मृत्यु

SamacharDesk – बिकाश | २०७७ पौष २४, शुक्रबार

दाङमा एउटा टिपर अनियन्त्रित भई सडकबाट तल खस्दा टिपर चालकको मृत्यु भएको छ ।

गढवा गाउँपालिका–१ धानखोलास्थित सडकमा आज बिहान लु.२ ख १५९६ नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा टिपर चालक रुपन्देही बुटवल नयाँगाउँ बस्ने २६ वर्षीय गणेश चौधरीको मृत्यु भएको छ ।

चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

Categorized in समाज