arin enterprises

ट्याक्टर दुर्घटनामा किशोरीको मृत्यु

SamacharDesk – बिकाश | २०७७ पौष २६, आइतबार

धनकुटामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ ।

धनकुटाको सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा किशोरीको मृत्यु भएको हो ।

दुर्घटनामा पेलेकपाङ बस्ने ईन्द्र कुमार राईकी छोरी १५ वर्षीया रेबिका राईको मृत्यु भएको हो ।

ट्याक्टरमा बालुवा अनलोड गर्ने क्रममा ट्याक्टरको ट्रली अनियन्त्रित भई पल्टिँदा रेबिकाको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Categorized in समाज