arin enterprises

राजोपाध्याय युवाहरु संस्कृत सिक्दै

SamacharDesk – बिराज | २०७७ माघ ३, शनिबार

राजोपाध्याय युवाहरु संस्कृत सिक्न जुटेका छन् । राजोपाध्याय समाज काठमाडौं जिल्ला समितिको आयोजनामा संस्कृत कक्षा शुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच शुक्रबार कक्षाको औपचारिक शुरुवात गरियो ।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले राजोपाध्यायको पहिचान नै वेद र संस्कृतसँग जोडिएको भएकोले सबैले गम्भीर भएर कक्षाबाट लाभ लिन अनुरोध गर्नुभयो । कतिपय पुराना अभिलेखहरुको अध्ययनको लागि पनि संस्कृत नै चाहिने अवस्थामा यस कक्षाले राजोपाध्यायको ईतिहास खोज्नलाई पनि टेवा पुग्ने अध्यक्ष राजोपाध्यायको विचार हो ।

कक्षाका गुरु गजानन्द राजोपाध्यायले केही सिक्नको लागि त्याग चाहिने भएकोले सबैले गम्भीर भएर सिक्नको लागि सबैलाई आग्रह गर्नुभयो । अध्ययनशील समाज भनेर चिनिने राजोपाध्याय समाजका युवाहरु कुनै न कुनै रुपमा अध्ययनमा लागि नै रहनुपर्नेमा गुरु राजोपाध्यायले जोड दिनुभयो ।

समाजको काठमाडौं जिल्ला संयोजक सुजित राजोपाध्यायले यस्तो किसिमका प्रशिक्षण कार्यक्रमहरु समयानुसार आयोजना गरिरहने जानकारी गराउनुभयो ।

तीन महिने प्रशिक्षण कार्यक्रममा करीब २० जना राजोपाध्याय युवाहरुको सहभागीता रहेको छ ।

Categorized in समाज