arin enterprises

‘कोरोनाको नयाँ प्रजाति थप कडा छैन’

SamacharDesk – बिकाश | २०७७ माघ ५, सोमबार

जनस्वास्थ्यविद् डा. समिर मणि दिक्षितले नयाँ प्रजातिको कोरोना भाईरस बढि संक्रामक भएपनि थप कडा भने नभएको बताएका छन् ।

ट्वीटरमा ट्वीट गर्दै डा. दिक्षितले भाईरसको नयाँ प्रजातिले परिक्षण र भ्याक्सिनमा कुनै असर नगरेको बताएका छन् ।

विभिन्न सञ्चारमाध्यम र व्यक्तिले यसलाई अतिरञ्जित गरेको बताउँदै उनले सामाजिक दुरी र मास्क जस्ता सावधानी नै अपनाउनुपर्नेमा जोड दिए ।

नेपालमै जनशक्ति, प्रविधि र यसैमा अनुभवी संस्था हुँदाहुँदै देश वाहिर नमूना परिक्षण गर्न पठाउनु दुर्भाग्यपुर्ण भन्दै डा. दिक्षितले सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

Categorized in समाज