उपत्यकामा २१८ नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७७ माघ ६, मंगलबार

उपत्यकामा २१८ नयाँ संक्रमित थपिए नेपालमा पछिल्लो पटक थप हुने नयाँ कोरोना संक्रमितमध्ये ६२ दशमलव ६ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् ।
पछिल्लो २४ घन्टामा काठमाडौंमा जम्मा २ सय १८ जना कोरोनाका नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ८८ जना महिला र एक सय ३० जना पुरुष रहेका छन् ।
पछिल्लो पटक काठमाडौंमा एक सय ५९, ललितपुरमा ३२ र भक्तपुरमा २७ जना नयाँ संक्रमित थप भएका छन् ।
काठमाडौं उपत्यकामा अहिलेसम्ममा कोरोनाभाईरसबाट संक्रमित हुनेको कुल संख्या एक लाख २५ हजार एक सय ७९ जना पुगेको छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण निको हुनेको दर ९७ दशमलव ४ प्रतिशत रहेको छ । उपत्यकाका कुल संक्रमितमध्ये हालसम्म एक लाख २१ हजार ९ सय ५४ जना संक्रमित निको भइसके ।
उपत्यकामा हालसम्म ७ सय ६० जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
उपत्यकामा हाल २ हजार ४ सय ६५ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये २ हजार एक सय ९३ काठमाडौंमा, ललितपुरमा २ सय १० र भक्तपुरमा ६२ जना रहेका छन् ।
Categorized in समाज