arin enterprises

गुण व्युटिसियनको तीनकुनेको तयारी अन्तिम चरणमा

SamacharDesk – विजनेस बिट | २०७५ मङ्सिर २४, सोमबार

गुण व्युटिसियन ट्रेनिङ सेन्टर तीनकुने शाखाको शुरुवातको तयारी अन्तिम चरणमा पुगेको छ । सेन्टरको ओपनिङको लागी शाखाको इन्टिरियरको काम अहिले अन्तिम चरणमा छ ।

यसको साथमा शुभारम्भको औपचारीक कार्यक्रमको तयारी पनि करीब सम्पन्न भएको सेन्टरका संचालक गुणकेशरी ताम्राकारले बताउनुभयो । 

शुभारम्भको औपचारीक कार्यक्रमको व्यवस्थापन ईभेन्ट म्यानेजमेन्टमा अग्रणी संस्था रेडियन्ट ईभेन्ट म्यानेजमेन्टले गरिरहेको छ । पाहुनालाई निमन्त्रणा, मल्टिमिडिया सामग्री, लाईट र साउन्ड सिष्टम, मंच व्यवस्थापनका कार्यहरु लगभग सम्पन्न भएको रेडियन्टका संस्थापक निर्देशक राज फैजुले बताउनुभयो ।

सेन्टरले तीनकुने शाखालाई एकेडमिको रुपमा विकास गर्न लागेको छ । सेन्टरको दशौं वार्षिकोत्सवको अवसरमा तीनकुने शाखाको पनि शुभारम्भ गर्न लागेको हो । दशौं वार्षिकोत्सवको उत्सवको रुपमा तीनकुने शाखाको शुभारम्भ भव्य रुपमा गर्न लागेको हो ।

‘महिलाहरुलाई सीप सिकाएर आफ्नो खुट्टामा उभिनसक्ने उद्यमी बनाउनु नै मेरो उद्देश्य हो, तीनुकने शाखाको शुरुवातसँगै यो उद्देश्यमा अझ दृढ भएर अघि बढ्नेछु’ ताम्राकारले बताउनुभयो ।

हाल सेन्टरले महापालमा तालीम मात्र दिने गरेको छ भने तीनकुने शाखाबाट तालीमको साथमा हेयर कटिङ, फेसियल, मेकओभर लगायतका सेवाहरु पनि उपलब्ध गराउने जनाएको छ ।

Categorized in बिजनेस