arin enterprises

गुण ब्युटिसियन तीनकुने शाखाको शुरुवात भोलिबाट

SamacharDesk – विजनेस ब्युरो | २०७५ मङ्सिर २८, शुक्रबार

गुण ब्युटिसियन ट्रेनिङ सेन्टरको तीनकुने शाखाको भोलिबाट शुरु हुने भएको छ । सेन्टरको दशौं वार्षिकोत्सवसँगै भोलि शनिबारबाट गुण ब्युटिसियन तीनकुने शाखाको शुरुवात हुन लागेको हो ।

सेन्टरले तीनकुने शाखालाई एकेडमिको रुपमा संचालन गर्ने जनाएको छ । ‘हामीले सेन्टरलाई व्यापारिक प्रयोजनबाट भन्दा पनि महिलालाई आत्मनिर्भर बनाउने थलोको रुपमा अगाडि बढाउन खोजेका छौं’ सेन्टरकी संचालक गुणकेशरी ताम्रकारको भनाई थियो, ‘महिला दिदीबहिनीहरुलाई सीप सिकाएर आफ्नै खुट्टामा उभिनसक्ने बनाउने नै हाम्रो लक्ष्य हो ।’

यस क्षेत्रमा दुई चार पैसा नाफा कमाउने उद्देश्यले विकृती फैलिरहेकोमा ताम्राकारले दुख पोख्नुभयो । दुइ चार पैसा बढि नाफा लिन सस्तो तर गुणस्तरहीन प्रोडक्टको प्रयोग गरेर कैयनले स्वास्थ्यमै खेलवाड समेत गरीरहेको उनको भनाई थियो ।

यस सेन्टरमा आउने महिलाहरुलाई व्युटिसियन सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालीम दिनुका साथै ब्युटि प्रोडक्टको गुणस्तरको बारेमा पनि गहिरो ज्ञान दिने गरेको पनि ताम्राकारले जानकारी दिनुभयो । यसको साथमा गुणस्तरीय सेवाको लागी प्रेरीत गर्दै आफुहरुले निरन्तर मार्गदर्शन गरीरहने पनि उनले बताउनुभयो ।

अन्य ट्रेनिङ सेन्टरमा ब्युटिसियन ट्रेनिङ मात्र दिने गरेको तर आफुले सीप मात्र नदिई तालीम लिने महिलाहरुमा आत्मविश्वास बढाउनका लागी व्यक्तित्व विकासको तालीम समेत दिने गरेको गुणकेशरीले बताउनुभयो । यसको साथै कुनै संस्था वा अन्तर्राष्ट्रिय क्षेत्रमा अवसरको लागी प्रतिस्पर्धा गर्नको लागी अन्तर्वार्ताको समेत जानकारी दिने गरेको पनि उहाँले जानकारी दिनुभयो ।

यस किसिमले गुणस्तरीय प्रोडक्टको प्रयोग, अन्तर्राष्ट्रिय स्तरको तालीमको साथै व्यक्तित्व विकास, अन्तर्वार्ताको समेत तालीम दिँदा नाफा त कम हुन्छ होला नि भन्ने समाचारडेस्को प्रश्नमा गुणकेशरीले भन्नुभयो, ‘ म व्यापारी भन्दा नि सामाजिक कार्यकर्ता हुँ, त्यसैले नाफाको बारेमा सोच्दिन । मेरो उद्देश्य भनेको नाफा भन्दा नि महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउनु हो । पहिला काम राम्रो गरौं, त्यसबाट केही नाम त होला नि, दाम पछि आउँदै गर्ला ।’

Categorized in बिजनेस