arin enterprises

पत्रकार राष्ट्रिय दबू भक्तपुरको साधारणसभा सम्पन्न

SamacharDesk – बिकाश | २०७७ फाल्गुण ११, मंगलबार

नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाको सातौँ वार्षिक साधारणसभा मंगलबार भक्तपुरमा सम्पन्न भएको छ ।

भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्यले समावेशी सञ्चार, मातृभाषा पत्रकारितादेखि पत्रकारहरुको क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । व्यावसायिक पत्रकारिताको आवश्यकतालाई औँल्याउँदै संस्थागत रुपमा अघि बढ्न अपिल समेत गर्नुभयो ।

त्यस्तै महासचिव सुनिल महर्जनले सांस्कृतिक र खोजमूलक पत्रकारिता गर्न आग्रह गर्नुभयो । 

केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरुको जटिल प्रकृतिको स्वास्थ्य समस्यामा पत्रकार राष्ट्रिय दबूले आर्थिक सहयोग गरिरहेको बताउनुभयो । कोषाध्यक्ष श्रेष्ठले दबूमा आवद्ध सञ्चारकर्मीहरुको लागि पन्ध्र लाखको अक्षय कोष स्थापना भइसकेको बताउँदै सोही कोषलाई बढाएर ५० लाख पु¥याउने योजना सुनाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिमा आवद्ध पत्रकार रत्न श्रेष्ठले आफ्ना अभिभावकको स्मृतिमा ‘हरिलाल, श्रीलक्ष्मी लुमन्ति पत्रकारिता सिरपाः’ घोषणा गर्नुभएको छ । पुरस्कारका लागि कोषाध्यक्ष चन्द्रकृष्ण (गोपाल) श्रेष्ठमार्फत दबूलाई नगद हस्तान्तरण गरिएको छ ।

Categorized in समाज