arin enterprises

ललितपुरमा दोश्रो गुडविल मार्केट हुँदै

SamacharDesk – बिराज | २०७७ चैत्र ३०, सोमबार

ललितपुरमा नेपाली उत्पादनको बजार विकास गर्ने उद्देश्यसहित दोश्रो गुडविल मार्केट आयोजना हुने भएको छ ।

ललितपुरको कनिबहालस्थित होटेल गुडविलले स्वदेशी उत्पादनलाई लक्षित गर्दै दोश्रो पटक मार्केटको आयोजना गर्न लागेको हो ।

म्हसिका एजुकेशन एण्ड इन्टरटेन्मेन्टको सहकार्यमा आउँदो २०७८ बैसाख ४ गतेका दिन गुडविल होटलमै दोश्रो गुडविल मार्केटको आयोजना हुन लागेको हो ।

उक्त प्रदर्शनीमा विभिन्न स्थानीय उत्पादनको साथमा खानाका स्टल समेत रहनेछ । त्यस्तै उक्त बुद्धिष्ट आर्ट ग्यालरीको चित्रकला प्रदर्शनी पनि गरिने भएको छ । यसका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमबाट अवलोककर्तालाई मनोरन्जन दिने आयोजकले जानकारी दिएको छ ।

नयाँ वर्ष २०७८ को प्रारम्भसँगै स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिइ उत्पादकलाई प्रोत्साहन दिनका लागि गुडविल मार्केटको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ र ललितपुर हस्तकला महासंघको सहयोग रहने छ ।

Categorized in बिजनेस