नौ जना बालबालिकालाई नइ बाल पुरस्कार
SamacharDesk – बिकाश | २०७८ बैशाख १४, मंगलबार

नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका नौ जना बालबालिकालाई २०७७ सालको नइ बाल पुरस्कार दिने भएको छ ।
प्रकाशनले दिएको जानकारी अनुसार सोइना दाहाललाई ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ दिइने भएको छ ।
त्यसै गरी साहित्यतर्फ सुविन रिमाल, चित्रकलातर्फ देभान्स अग्रवाल, सङ्गीततर्फ सफलता श्रेष्ठ, नृत्यतर्फ अदिति उपाध्याय र खेलकुदतर्फ ऋषान्त घिमिरेलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ दिन लागिएको छ । यी सबै पुरस्कार ताम्रपत्रका साथै जनही दस हजार रुपैयाँ राशीको रहेको छ ।
त्यस्तै १० वर्षीय समीर डङ्गोललाई सङ्गीत र युकी कुवँरलाई नृत्यतर्फको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ दिइनेछ । ताम्रपत्रसहितको यी दुवै पुरस्कारमा जनही सात हजार रुपैयाँ राशि रहेको छ ।
पाँच वर्षीय दृश्ना महर्जनलाई ताम्रपत्रका साथै पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ समर्पण गरिने भएको छ ।
Categorized in समाज