अंकमालको रेकर्डमा समिटको दावी
SamacharDesk – समाचार श्रोत : अनुप प्रधान | २०७५ चैत्र ३, आइतबार

अंकमालमा विश्व रेकर्डका लागि नेपालका समिट तिमिल्सिनाले दावी गरेका छन् । एकमिनेटमा एक सयभन्दा बढी व्यक्तिसँग अंकमाल गर्दै समिटले विश्व रेकर्ड दावी गरेका हुन् ।
आइतबार नेपालटारस्थित गुरुकुल पब्लिक स्कुलको कक्षा ८ मा अध्यननरत १४ वर्षिय विद्यार्थी समिट तिमिल्सिनाले एक मिनेटमा १ सय १३ जनासँग अँंकमाल गरेका हुन् ।
यसअघि यो रेकर्ड अमेरिकाका जेसोन राइटरको नाममा कायम थियो । जसोनले सन् २०१७ अक्टोबर मा ८६ जनासँग अंकमाल गर्दै रेकर्ड कायम गरेका थिए । नेपालका तिमिल्सिनाले एक मिनेटमा १ सय १३ जनासँग अंकमाल गरेसँगै जेसोनको रेकर्ड तोडेका छन्।
विद्यालयमा आयोजित कार्यक्रममा पूर्व रक्षामन्त्री भिमसेनदास प्रधान, तारकेश्वर नगरपालीकाका प्रमुख रामेश्वर बोहराको साथै विद्यालय परिवार, अभिभावकबाट शुभकामना दिइएको थियो ।
