arin enterprises

नयाँ संक्रमितमध्ये करीब ५० प्रतिशत उपत्यकामा

SamacharDesk – बिकाश | २०७८ बैशाख १९, आइतबार

नेपालमा पछिल्लो पटक थप भएका कोभिड १९ का नयाँ संक्रमितमध्ये करीब ५० प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् ।

थप हुने ७ हजार २११ नयाँ संक्रमितमध्ये ३ हजार ५९५ जना काठमाडौं उपत्यकाका रहेका छन् । यो संख्या आज थप हुने नयाँ संक्रमितको कुल संख्याको ४९.८५ प्रतिशत हो ।

काठमाडौंमा संक्रमण निकै तीव्र गतिमा फैलिरहेको देखिएको छ । नेपालभरी थप भएका नयाँ संक्रमित मध्ये आज पनि सबैभन्दा बढि काठमाडौंमै भेटिएका छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा २ हजार ७४४ जना नयाँ संक्रमित थप भएका छन् । यसैगरी ललितपुरमा ५५० जनामा संक्रमण पुष्टि भएको छ भने भक्तपुरमा ३०१ जनामा संक्रमण देखिएको छ ।

अन्य जिल्लाहरुमा ४ सय बढि संक्रमित दुई जिल्लामा रहेका छन् भने दुई सय बढि संक्रमित भेटिएका जिल्ला ३ र सय बढि संक्रमित भेटिएका जिल्ला ६ वटा रहेका छन् ।

Categorized in राष्ट्रिय