महर्जन कम्प्लेक्समा विदेशीकोसम्म पनि चासो
SamacharDesk – विजनेस ब्यूरो | २०७५ चैत्र २६, मंगलबार

काठमाडौंको व्यावसायिक क्षेत्र न्यूरोडमा निर्माणाधीन महर्जन कम्प्लेक्समा सटरहरु धमाधम बुकिङ भइरहेको छ । सो क्रममा नेपालीको साथै विदेशी व्यापारीहरुले समेत चासो देखाइरहेको जनाइएको छ ।
बुकिङको लागि अब केही पसलहरुमात्र बाँकि रहेको महर्जन विजनेस एशोसिएट्सका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो । अहिलेसम्ममा २५ वटाभन्दा बढि पसलहरु बुकिङ भइसकेको महर्जनको भनाई हो ।
कम्प्लेक्समा सटर बुकिङको लागि दिनकै ३ सयको हाराहारिमा व्यापारीहरु पुग्ने गरेका छन् । जानकारी र सोधपुछका लागी आउने फोन उठाउन त सबैलाई भ्याइनभ्याइ नै भएको छ ।
यसै क्रममा विदेशी व्यापारीलेसम्म पनि महर्जन कम्प्लेक्समा चासो देखाइरहेको महर्जनले बताउनुभयो । जापान, दुबइ, सिंगापुर आदि स्थानमा बस्दै आएका नेपालीको साथमा विदेशी व्यापारीहरुले पनि कम्प्लेस्कको भ्रमण गरेर बुकिङको लागि चासो देखाएको उहाँको भनाई थियो ।
केही दिन अगाडि लगानी सम्मेलनका लागि नेपाल पुगेका दुबइ, सिंगापुरका ज्वेलरी व्यापारीहरुले कम्प्लेक्समा चासो देखाइरहेको महर्जनले बताउनुभयो ।
न्यूरोडमा निर्माणाधीन महर्जन कम्प्लेक्सलाई यूनेस्कोले बसन्तपुरको गद्दी वैठकसँग मिल्दोजुल्दो नव पारम्परिक (नियो क्लासिकल) स्वरुपको भनेको छ । कम्पनीले यस कम्प्लेक्सलाई नेपालको पहिलो सम्पदा मैत्री व्यापारिक भवन भनी दावी गरेको छ ।
Categorized in बिजनेस