आजसम्मकै उच्च संख्यामा संक्रमित निको
SamacharDesk – बिकाश | २०७८ जेठ ५, बुधबार

नेपालमा आजसम्मकै उच्च संख्यामा कोभिड संक्रमितहरु निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजारको नजिक संक्रमितहरु निको भएका छन् ।
जम्मा ७ हजार ९८९ जना संक्रमितले कोरोना भाइरसलाई पराजित गर्दै संक्रमणमुक्त भएका छन् । निको हुनेको दर पनि केही बढेर आज ७५ प्रतिशत पुगेको छ । हिजो संक्रमण निको हुनेको दर ७४ दशमलव ६ प्रतिशत रहेको थियो ।
आजसम्ममा ३ लाख ६० हजार ४०३ जनालाई कोभिड संक्रमण भइसकेको छ ।
त्यसैगरी पछिल्लो पटक गरिएको परिक्षणमा ८ हजार १७३ जना नयाँ संक्रमित थप भएका हुन् । २१ हजार १३९ आरटी पिसिआर परिक्षणमा ८ हजार ६४ र ७०८ एन्टिजेन परिक्षणमा १०९ जनामा संक्रमण पुष्टि भएको हो ।
परिक्षण संख्याको आधारमा ३७ दशमलव ३६ प्रतिशतमा संक्रमण देखिएको हो ।
हालसम्म कोभिड १९ बाट संक्रमित हुनेको संख्या ४ लाख ८० हजार ४१८ जना संक्रमित भइसकेका छन् । थप हुने नयाँ संक्रमितमध्ये ९ वर्षसम्मका १९० जना बालबालिकाहरु छन् भने १० देखि १९ वर्ष उमेर समूहका ५२८ जना छन् ।
हाल एक लाख १४ हजार ३५८ जना सक्रिय संक्रमित उपचाररत अवस्थामा छन् । एक लाख ६ हजार ९११ होम आइसोलेसनमा छन् भने ७ हजार ४४७ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् ।
आइसीयूमा उपचाररत एक हजार ६१८ जनामध्ये ३८१ जना भेन्टिलेटरमा उपचाररत छन् ।
थप २४६ जनाको मृत्युसँगै कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ५ हजार ६५७ पुगेको छ ।
Categorized in राष्ट्रिय