arin enterprises

उपत्यकामा २ हजार ८४६ संक्रमित थपिए, ६७ जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७८ जेठ ५, बुधबार

पछिल्लो पटक देशैभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये २ हजार ४८६ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा एक हजार ९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना नयाँ संक्रमित थप भएका हुन् ।

उपत्यकामा हालसम्म २ लाख १५ हजार ५४२ जना कोभिड १९ बाट संक्रमित भइसके ।

हाल उपत्यकामा ३६ हजार ७३५ जना सक्रिय संक्रमित उपचाररत छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररतमध्ये एक हजार ८१५ जना एचडियूमा उपचाररत छन् भने आइसीयूमा उपचाररत ४२९ मध्ये १५३ जना भेन्टिलेटरमा छन् ।

उपत्यकाका कुल संक्रमितमध्ये एक लाख ५८ हजार ५६५ जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६७ जना संक्रमितको निधन भएको छ । काठमाडौंमा ३९, ललितपुरमा ११ र भक्तपुरमा १७ जनालाई निधन भएको हो । हालसम्म उपत्यकामा एक हजार ८५८ जना संक्रमितको मृत्यु भइसकेको छ ।

Categorized in समाज