arin enterprises

चीनमा नयाँ संक्रमण बढ्यो

SamacharDesk – बिकाश | २०७८ जेठ १७, सोमबार

चीनमा कोरोना भाईरसको नयाँ संक्रमण फेरी बढेको पाइएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य प्राधीकरणले आइतबार एकै दिन चीनका विभिन्न भागमा २७ नयाँ संक्रमित भेटिएको बताएको छ ।  ती २७ मध्ये ७ जना मात्रै बाहिरबाट आएका मानिसहरु भएको बीबीसीले जनाएको छ ।

चीनियाँ स्वास्थ्य प्राधिकरणका अनुसार स्थानीय संक्रमितमध्ये ग्वान्जाउनमा १८ जना छन् भने २ जना फोशान निवासी हुन् ।

नयाँ संक्रमितको संख्या बढेको पाइएपछि उक्त शहरमा जाने उडानहरु रद्द गरिएको छ । ग्वान्जाउ बायुन अन्तर्राष्ट्रिय विमानस्थलका लागि तय भएको ५१९ फ्लाइट रद्द गरिएको छ ।

पछिल्लो २४ घण्टामा चाइनामा संक्रमणका कारण मृत्यु भने भएको छैन । यहाँ हालसम्म ९१ हजार ९९ जनालाई कोभिड संक्रमण भइसकेको छ भने तीमध्ये ८६ हजार १३५ जना संक्रमित निको पनि भइसके ।

चीनमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ६३६ रहेको छ ।

सन् २०१९ को अन्त्यतिर चाइनाको वुहानमै कोरोना भाईरसको संत्रमण शुरु भएको थियो । 

Categorized in अन्तर्राष्ट्रिय