arin enterprises

निको हुनेको दर बढ्दै, परिक्षण संख्या घट्दै

SamacharDesk – बिकाश | २०७८ जेठ २६, बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा १६ हजार ६१५ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । १२ हजार ४७ जनाको आरटी पिसिआर र ४ हजार ५६८ जनाको एन्टिजेन परिक्षण गरिएको हो ।

परिक्षण संख्याको २६ दशमलव १४ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । आरटी पिसिआर परिक्षणमा ४ हजार ३४९ र एन्टिजेन परिक्षणमा ८९५ जनामा गरी जम्मा ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ११९ जना १० वर्षसम्मका बालबालिका छन्भ भने ११ देखि २० वर्ष उमेर समूहका २८४ जना रहेका छन् । योसँगै नेपालमा कोभिड १९ संक्रमण हुनेको कुल संख्या ६ लाख १५ हजार ६५२ पुगेको छ ।

हाल ८० हजार ३३६ जना सक्रिय संक्रमित उपचाररत छन् । ७४ हजार ४३८ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८९८ जना संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा रहेका एक हजार ३१२ जनामध्ये ३७५ जना भेन्टिलेटरमा छन् ।

थप ५ हजार ७६८ जना संक्रमित कोरोना भाईरसलाई परास्त गर्दै संक्रमणमुक्त हुन सफल भएका छन् । हालसम्म ५ लाख १० हजार २९८ जना संक्रमित संक्रमणमुक्त भइसके ।

संक्रमण निको हुनेको दर ८५ प्रतिशतभन्दा माथि रहेको छ । नेपालमा कोभिड १९ संक्रमण निको हुनेको दर ८५ दशमलव २ प्रतिशत रहेको छ ।

गएको २४ घण्टामा ८१ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोभिड १९ संक्रमणका कारण हालसम्म ८ हजार १७९ जनाको मृत्यु भइसकेको छ ।

Categorized in राष्ट्रिय