WK डिजाइनका उत्पादनहरु अब नेपालमा
SamacharDesk – विजनेस ब्यूरो | २०७६ बैशाख १९, बिहिबार

मोबाइल एस्सेसरीजको साथै विभिन्न इलेक्ट्रोनिक सामानहरुमा लोकप्रिय ब्रान्ड WK डिजाइनका उत्पादनहरु अब नेपालमा पनि सुलभ रुपमा उपलब्ध हुने भएको छ । WK डिजाइनको नेपालमा दोश्रो शोरुम आज कुमारीपाटी ललितपुरमा शुभारम्भ भएको छ ।
नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आज कुमारीपाटीमा रिवन काटेर शोरुमको उद्घाटन गर्नुभयो ।
सो अवसरमा कप्तान खड्काले विकसित प्रविधीसँगै सबैजना अगाडी बढ्नपर्ने बताउँदै विश्वस्तरीय उत्पादन सुलभ र सहज तरीकाले उपलब्ध भएकोमा खुसी व्यक्त गरे ।
शोरुमको औपचारिक शुभारम्भ कार्यक्रममा WK डिजाइनको नेपालको लागि आधिकारीक वितरक टेकम्याक्स इन्टरनेशनलले ठमेलमा पहिलो शोरुम शुभारम्भ भइसकेको र अब कुमारीपाटिपछि अन्य ५ वटा शोरुम पनि शुरुवात गर्ने योजना रहेको जानकारी दिइयो ।
टेकम्याक्सका प्रवीणले महर्जनले अब काठमाडौंको बानेश्वर, बौद्ध र न्यूरोडको साथमा पोखरा र नारायणघाटमा समेत WK डिजाइनको शोरुम स्थापना गर्ने बताउनुभयो । नेपालभरि नै यसको शाखा विस्तार गर्ने कम्पनीको योजना रहेको पनि महर्जनले सार्वजनिक गर्नुभयो ।
शोरुमको शुभारम्भ कार्यक्रममा लोकप्रिय खेल पत्रकार संजीव शिल्पकार, ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यको समेत उपस्थिती रहेको थियो ।
हङकङको लोकप्रिय WK डिजाइनका उत्पादनहरु संसारभरि ६० भन्दा बढि देशमा आधिकारीक रुपमा भित्रिसकेको छ । नेपालमा यसलाई टेकम्याक्स इन्टरनेशनलले भित्र्याएको हो ।
WK डिजाइनका उत्पादनमा ७५ प्रतिशत मोबाइल एस्सेसरीजको साथै अन्य इलेक्ट्रोनिक र विभिन्न उत्पादनहरु रहेका छन् । निकै कम दाममा स्तरीय उत्पादनहरु रहेको कम्पनीको दावी छ ।
Categorized in बिजनेस