arin enterprises

उपत्यकामा ८१९ संक्रमित थप, ७५२ निको

SamacharDesk – बिकाश | २०७८ श्रावण १५, शुक्रबार

काठमाडौं उपत्यकामा कोभिड १९ का ८१९ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो पटक काठमाडौंमा ५५६, ललितपुरमा १८७ र भक्तपुरमा ७६ जना संक्रमित थप भएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८१ हजार ३५३ जना कोभिड १९ बाट संक्रमित भइसके ।

पछिल्लो समयमा उपत्यकामा ७५२ जना संक्रमित निको भएका छन् । हालसम्म उपत्यकामा २ लाख ६९ हजार ९१५ जना संक्रमित संक्रमण मुक्त भइसकेका छन् ।

काठमाडौंमा ४ र ललितपुरमा ३ जना गरी उपत्यकामा थप ७ जना संक्रमितको मृत्यु भएको छ । उपत्यकामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ९३७ जनाको मृत्यु भइसकेको छ ।

हाल उपत्यकामा ८ हजार ५०१ जना सक्रिय संक्रमित उपचाररत छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ८५८ जना जनरल/एचडियू वार्डमा छन् भने आइसीयूमा उपचाररत १९३ जनामध्ये ६६ जना भेन्टिलेटरमा छन् ।

Categorized in समाज