arin enterprises

नियन्त्रित लागूऔषध सहित पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ श्रावण १९, मंगलबार

नियन्त्रित लागू औषधसहित एक पुरुषलाई नागढुङ्गाबाट आज पक्राउ गरिएको छ ।

चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट रुपन्देही सैनामैना नगरपालिका–७ का २० वर्षीय कृष्ण प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । घिमिरेलाई नियन्त्रित लागू औषध नाईट्राभेट २ सय ३ ट्याब्लेटसहित प्रहरीले पक्राउ गरेको हो ।

कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख १३९ नम्बरको बस नागढुङ्गास्थित चेक प्वाईन्टमा चेकजाँचको क्रममा घिमिरेको साथबाट उक्त लागू औषध बरामद भएको थियो ।

बसमा सवार घिमिरेले झोलाभित्र उक्त लागू औषध लुकाई ल्याएको अवस्थामा फेला पारेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । 

Categorized in अपराध