arin enterprises

एक हजार ४३ संक्रमित थप, ८९१ निको

SamacharDesk – बिकाश | २०७८ आश्विन २०, बुधबार

नेपालमा आज परिक्षण संख्याको ६ दशमलव ७४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक गरिएको १५ हजार ४६५ वटा स्वाब नमूनाको परिक्षणमा एक हजार ४३ जनामा संक्रमण पुष्टि भएको हो । ११ हजार १६५ आरटी पिसिआर परिक्षणमा ८४९ र ४ हजार ३ सय एन्टिजेन परिक्षणमा १९४ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये २३ जना १० वर्षसम्मका बालबालिका छन् भने ५७ जना ११ देखि २० वर्ष उमेर समूहका छन् । हालसम्म गरिएको कुल पिसिआर परिक्षणमा ७ लाख ९९ हजार ६१५ र कुल एन्टिजेन परिक्षणमा ९२ हजार ६५२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

तीमध्ये ७ लाख ७२ हजार २२९ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ८९१ जना संक्रमित संक्रमण मुक्त हुँदै घर फर्केका छन् ।

थप १२ जना संक्रमितको मृत्यु भएसँगै कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ ।

हाल उपचाररत सक्रिय संक्रमित संख्या १६ हजार १९४ रहेको छ । १४ हजार ९७५ संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार २१९ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा उपचाररत ३३८ मध्ये ११५ जना भेन्टिलेटरमा छन् ।

Categorized in राष्ट्रिय