arin enterprises

भारतमा कोरोना संक्रमणकाे अवस्थामा कमी आउँदै

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ कार्तिक २२, सोमबार

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणका अवस्थामा दिनानुदिन कमी आउँदै गरेको छ ।

गत २४ घण्टामा भारतमा कोरोना भाईरसका ११ हजार ४५१ नयाँ संक्रमित फेला परेका छन् । यसै अवधिमा थप २६६ संक्रमितको मृत्यु भएको पनि भारतीय संचारमाध्यमले जनाएको छ ।

हाल भारतमा १ लाख ४२ हजार २६ सक्रिय संक्रमित उपचाररत छन् । यो संख्या गएको २६२ दिनमा सबैभन्दा कम रहेको बताइएको छ ।

साथमा यहाँ कोरोना संक्रमण निको हुनेको दर पनि मार्च २०२० यताकै सबैभन्दा बढि रहेको पनि पाइएको छ । हाल यहाँ संक्रमण निको हुनेको दर ९ दशमल २४ प्रतिशत रहेको छ ।

Categorized in अन्तर्राष्ट्रिय