arin enterprises

प्रतिक्रान्तिकारीविरुद्ध सफलता हात परेको प्रचण्डको दावी

SamacharDesk – बिराज | २०७८ मङ्सिर ७, मंगलबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टीका कार्यकर्ता, नेता सुस्ताउँदा, विभाजित हुँदा प्रतिक्रियावादी, प्रतिगमनकारीहरुले टाउको उठाउन खोजेको बताउनुभएको छ ।

पूर्वी चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले माओवादी आन्दोलनलाई विध्वशं पार्ने षडयन्त्र भएको बताउँदै त्यस्ता गलत तत्वकाविरुद्ध लडेर ठुलो सफलता हात पार्न सफल भएको बताउनुभयो ।

‘पार्टी केही निश्क्रिय हुँदा कार्यकर्तामा आत्मविश्वासमा कमी आउँदा प्रतिक्रान्तिकारीहरुले कसरी टाउको उठाउँदा रहेछन् भनेर हामीले भोग्यौं, हामी कमजोर हुँदा क्रान्तिबाट प्राप्त उपलब्धि जतिबेला पनि उल्टिन सक्ने खतरा छ’ उहाँले भन्नुभयो ।

उहाँले आफुबाट भएको कमीकमजोरी आत्मसमीक्षा गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।

अहिले देशैभरी सदस्यता नवीकरण र अधिवेशनबाट माओवादीको पक्षमा जनलहर आउन थालेको अध्यक्ष प्रचण्डको दावी हो ।

संविधानमा संशोधन आवश्यक रहेतापनि जनताको संघर्ष र वलिदानबाट स्थापित संविधानले जनतालाई नै सार्वभौम बनाएको र समाजवादबाट चल्ने परिकल्पना गरेको विचार उहाँले राख्नुभयो ।

Categorized in राजनीति