बसको ठक्करबाट एक महिलाको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ पौष २०, मंगलबार

काठमाडौं महानगरपालिका–९ तिलगंगा पिङलास्थानमा एउटा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ ।
सोमबार साँझ भएको दुर्घटनामा स्कुटर चालक काठमाडौं शान्तिनगर बस्ने दोलखा घर भएकी २५ वर्षीया कृतिका कार्कीको मृत्यु भएको हो ।
कार्कीले चलाइरहेको बाग्मती प्रदेश –०२–०२१ प १९३५ नम्बरको स्कुटरलाई बा.५ ख १५३८ नम्बरको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करपछि गम्भीर घाइते भएकी कार्कीलाई उपचारको लागि सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
घटनापछि बस चालक फरार भएको र चालको खोजी भइरहेको प्रहरीले बताएको छ ।
Categorized in समाज