arin enterprises

बुधबारदेखि इमर्जिङ नेपालको आईपीओ निष्कासन

SamacharDesk – समाचारडेस्क | २०७८ माघ २६, बुधबार

इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ बिक्री गरेको हो ।

कम्पनीले निष्कासन गर्ने ५ लाख ५५ हजार कित्ता मध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डका लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिन्छ ।

इमर्जिङ नेपालको आइपीओ फागुन १ गतेसम्म भर्न सकिनेछ । उक्त समयसम्म सबै बिक्री नभएमा फागुन ११ गतेसम्म खुला रहनेछ ।

Categorized in बिजनेस