प्रभुपे पनि फोनपेमा जोडियो
SamacharDesk – समाचारडेस्क | २०७८ माघ २७, बिहिबार

भुक्तानीको सजिलो माध्यम फोनपेमा अब प्रभु बैंकअन्तर्गत प्रभुपे पनि जोडिएको छ । प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध भएको छ ।
भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे एक कार्यक्रमका विच सहकार्य पत्रमा हस्ताक्षर भएसँगै प्रभुपे फोनपे नेटवर्कमा आबद्ध भएको हो ।
बुधबार फोनपे र प्रभुपेबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्रभुपेका ग्राहकले फोनपेको क्यूआरमार्फत् सहजै रकम भुक्तानी गर्न सकिने भएको छ ।
फोनपेमा हाल ५ लाख ७० हजार भन्दाबढी मर्चेन्ट रहेको बताइएको छ ।
बैंक तथा वित्तीय संस्था एवम् भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत् कारोबार गर्दै आएको फोनपेले जनाएको छ ।
त्यसैगरी प्रभुपेका ७ लाख भन्दाधेरै ग्राहक रहेको बताइएको छ ।
प्रभुपेमार्फत् मोबाइल र टिभी रिचार्ज, हवाइ टिकट, मुभी टिकट लगायत थुप्रै सेवाहरुको डिजिटल भुक्तानी गर्ने गरिएको छ ।
Categorized in बिजनेस