छायाँ कम्प्लेक्स भत्काउनुपर्ने मागसहित प्रदर्शन
SamacharDesk – सोसियल ब्यूरो | २०७६ श्रावण १९, आइतबार

साँस्कृतिक पोखरी मासेर बनाइएको भन्दै ठमेलस्थित छायाँदेवी कम्प्लेक्सको विरुद्धमा सोही कम्प्लेक्सको अगाडी विरोध सभा गरिएको छ । नेवाः राजनीतिक अभियान अन्तर्गतको ग्वहालि पुचःको आह्वानमा आइतवार छायाँ कम्प्लेक्स भत्काएर प्राचीन पोखरी कायम हुनुपर्ने मागसहित सभा गरियो ।
सभालाई सम्वोधन गर्दै नेवाः राजनीतिक अभियानका संस्थापक अध्यक्ष रविन्द्र श्रेष्ठले हाल कम्प्लेक्स रहेको स्थानमा ऐतिहासिक कमलपोखरी नै पुनर्निर्माण गरिनुपर्ने माग गर्नुभयो । वर्तमान दुई तिहाईको सरकारसँगै प्रतिपक्ष दल समेत अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्दै ऐतिहासिक सम्पदाको संरक्षणमा लाग्नुपर्ने श्रेष्ठको भनाई थियो ।
कमलपोखरी पुनस्र्थापना अभियानका अभियन्ता भागवत प्रधानले वि.स २०३३ सालमा सहरी क्षेत्रको नापी हँुदा कित्ता नं. १६७ जनिएको १२ रोपनी १३ आना २ पैसा २ दाम कायम भएको उक्त पोखरी सार्वजनिक पोखरी नै भएको जानकारी दिनुभयो । वि. स. २०४४ मंसिर २३ गते तत्कालीन सरकारको निर्णयबमोजिम नेपाल सरकारको नाममा जग्गाधनी दर्ता श्रेस्तामा समेत उक्त स्थान कमलपोखरी उल्लेख भएको यथेष्ट प्रमाण हुँदापनि भूमाफियाहरु तथा ठुला घरानाका व्यापारीहरु र सरकारी कर्मचारीहरुको मिलेमतोमा उतm जग्गा अतिक्रमण गरी हाल छायाँ कम्प्लेक्स बनाएको बताउनुभयो ।
ठमेलस्थित विक्रमशील महाविकार भगवान बहालमा अवस्थित श्री सिंहसार्थवाहु गरुड भगवानको नित्य पूजाको लागि आवश्यक पानी लिने र कमलको फूल टिप्ने कमलपोखरी मासिँदा भगवानको नित्य पूजा समेत प्रभावित भएको पनि प्रधानले बताउनुभयो । कमलपोखरी यथास्थानमा पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने प्रधानको भनाई थियो ।
कार्यक्रममा नेपाल डंगोल, सुरेन्द्र महर्जन, प्रेमराज शिल्पकार, नमस्ते सायमि लगायतले राज्य पक्ष नै यहाँका ऐतिहासिक सम्पदा मास्न उद्यत रहेको सम्पदा संरक्षणको लागि आफुहरु क्रियाशील भइरहने बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति समेत सहभागी भएका थिए ।
सोभन्दा अघि छायाँ कम्प्लेक्स भत्काएर कमलपोखरी पुनस्र्थापना गर्नुपर्ने माग सहित र्याली निकालिएको थियो । काठमाडौंको ईन्द्रचोकबाट निकालिएको र्याली बृहत ¥याली शहरको विभिन्न स्थानको परिक्रमा गर्दै छायाँ सेन्टरकै अगाडी पुगी कोण सभामा परिणत भएको थियो ।
छायाँ कम्प्लेक्स भत्काउनुपर्ने माग गर्दै र्यालीमा हजारौंको संख्यामा सहभागीता रहेको थियो ।
Categorized in समाज