लिबियाका प्रधानमन्त्री अब्दुललाई गोली हान्ने प्रयास
SamacharDesk – Ram Dangol | २०७८ माघ २८, शुक्रबार

लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमालाई अज्ञात बन्दुकधारीले गाेली हान्ने प्रयास गरेका छन् ।
मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल–अरबीका अनुसार प्रधानमन्त्री काफिलेलाई सुक अल–जुमा जिल्लामा लाइसेन्स प्लेट बिनाको गाडीमा सवार व्यक्तिले सशस्त्र आक्रमणको शिकार बनाएका थिए ।
लिबियाको आन्तरिक मन्त्रालयले यस आपराधिक कार्यको निन्दा गर्दै, अपराधीलाई न्यायको दायरामा ल्याउन अनुसन्धान भइरहेको जनाएको छ ।
उत्तर अफ्रिकी देशमा वर्षौंदेखिको राजनीतिक विभाजनको अन्त्य गर्दै गत वर्ष फेब्रुअरीमा संयुक्त राष्ट्र प्रायोजित लिबियाको राजनीतिक संवाद मञ्चले डबेबाहको राष्ट्रिय एकताको सरकारलाई नियुक्त गरेको थियो ।
लिबियाको संसद्ले गत वर्ष सेप्टेम्बरमा डबेबाहको सरकारबाट विश्वास फिर्ता लिएको थियो र यसलाई कामचलाउ सरकारको रूपमा राखेको थियो ।
लिबियामा गत वर्ष डिसेम्बर २४ मा आम चुनाव हुने भनिए पनि प्राविधिक र कानुनी कारणले अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
