महानगरको कर अब “खल्ती”बाट
SamacharDesk – Ram Dangol | २०७८ माघ २८, शुक्रबार

काठमाडौं महानगरपालिका कर मोबाइल वालेट खल्तीबाट पनि तिर्न सकिने भएको छ ।
अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’सँग एक कार्यक्रमबीच सम्झौता भएपश्चात यो सेवा सुचारु भएको हो ।
अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ डिजिटल वालेटले करदाताहरूकालागि काठमाडौ महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको जनाएको हो ।
यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने जग्गा, घर, भाडा, सवारी, साधन, व्यवसायलगायतको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
