arin enterprises

प्रेम दिवसमा नेपाल टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस सेवा अफर

SamacharDesk – समाचारडेस्क | २०७८ फाल्गुण १, आइतबार

फेब्रुवरी १४ भ्यालेन्टाइन डेका अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर सञ्चालनमा ल्याएको छ ।

टेलिकमद्वारा आज जारी एक विज्ञप्तिअनुसार फागुन १ (आज आइतबार) र २ गते (भोलि सोमबार) गते यस्तो डे कम्बो अफर ल्याएको हो ।

अफरअनुसार ४९ रूपैयाँमा २४ घण्टाका लागि अनलिमिटेड डाटा र नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुने जनाइएको छ ।

अफर प्राप्त गर्नका लागि नेपाल टेलिकम एपमार्फत् वा एस्टरिक १४१५ एस्टरिक ११ ह्यास डायल गनुपर्ने जनाइएको छ ।

यससँगै भ्यालेन्टाइन डेका दिन २०० देखि ४९९ रूपैयाँसम्म रिचार्ज गर्दा ५१२ एमबी डाटा र ५०० रूपैयाँभन्दा माथिको रिचार्ज गर्दा १०२४ एमबी डाटा निःशुल्क पाउने पनि कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Categorized in बिजनेस