arin enterprises

युक्रेनले रुससँग राखे वार्ताको प्रस्ताव

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण २, सोमबार

रुस र युक्रेनबीच द्वन्द्व बढेपछि रुससँग वार्ता गर्न युक्रेनले प्रस्ताव राखेको छ ।

युक्रेनको सीमामा १ लाख बढी रुसी सेनाको तैनाथीपछी युक्रेन र रुसबीच युद्ध हुन सक्ने त्रासकाबीच युक्रेनले वार्ताको प्रस्ताव गरेको हो ।

युक्रेनका बिदेशमन्त्री दिमिट्रो कुलेबाले रुसी अधिकारीहरु तथा युरोपेली सुरक्षा समुहका सदस्यहरुलाई ४८ घण्टाको समयसीमा भित्र वार्ताका लागि आह्वान गर्नुभएको हो । बिदेशमन्त्री कुलेबाले युक्रेनप्रतिको रुसी योजना पारदर्शी हुनुपर्ने भन्दै वार्ताको पहल गरेको बताउनु भएको छ ।

यद्यपि रुसले युक्रेनलाई वार्ताको प्रस्तावबारे कुनै जवाफ दिएको छैन । यसअघी युक्रेनले भियना सम्झौताको कागजातका बारेमा अध्ययन गर्न रुसलाई आग्रह गरेको थियो ।

युक्रेनलाई पश्चिमा राष्ट्रहरुले रुसले गर्न सक्ने आक्रमणका लागि सचेत रहन बारम्बार अपील गरेपछी युक्रेक सशंकित बनेको छ । यसअघि बिश्वका एक दर्जनभन्दा बढी राष्ट्रहरुले युक्रेनमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाइसकेका छन ।

नेटोमा युक्रेनलाई आवद्ध गरेको बिषयमा रुष्ट बनेको रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना बनाइरहेको आशंका गरिए पनि रुसले भने खण्डन गर्दै आएको छ ।

Categorized in अन्तर्राष्ट्रिय