arin enterprises

रियलमीको ९प्रोका सिरिजहरु सार्वजनिक हुने

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ३, मंगलबार

स्मार्ट फोनको दुनियामा रियलमी एउटा चर्चित मोबाइल फोन कम्पनीको नाम हो । यही कम्पनीले आउँदो बुधबार रियलमी ९प्रो सिरिजका स्मार्टफोन विश्वभर एकसाथ सार्वजनिक गर्ने भएको छ । यो सिरिज अन्तर्गत कम्पनीले रियलमी ९ प्रो, रियलमी ९ प्रो प्लस र रियलमी ९आई फोन ल्याउने बताइएको छ ।

विश्वभरको बजारमा यी सबै मोडल सार्वजनिक हुने वा बजार अनुसार कुनै दुई वा एक मात्र सार्वजनिक हुने भन्ने विषयमा भने केही जानकारी आइसकेको छैन ।

किनभने कम्पनीले ‘रियलमी ९ आई’ भारतीय बजारमा गत महिनामै सार्वजनिक गरिसकेको थियो । यसर्थ यो विश्व बजारमा आउने वा नआउने यकिन भने गरिएको छैन ।

कम्पनीले सार्वजनिक गर्न लागेको अर्को फोन ‘रियलमी ९ प्रो’ मा १२० हर्ज सहितको ६।५९ इन्चको डिस्प्ले उपलब्ध हुने जनाइएको छ ।

क्वालकमको स्न्यापड्रागन ६९५ फाइभजी एसओसी चिपसेटमा आधारित यो फोन ६ जीबी र ८ जीबी र्‍याम अप्सनका साथमा १२८ जीबी भेरियन्टमा उपलब्ध हुनेछ ।

यसमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको सेकेन्डरी क्यामेरा र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा हुनेछ । साथै फोनमा ५००० एमएएचको ब्याट्री हुनेछ ।

त्यसैगरी रियलमी ९ प्रो प्लसमा ९० हर्ज रिफ्रेसरेट सहितको ६।४३ इन्चको सुपर एमोलेड डिस्प्ले उपलब्ध हुनेछ । ८ जीबी र्‍यामसहित यो फोनमा २५६ जीबीको स्टोरेज हुनेछ भने ५० मेगापिक्सेलको मेन क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा हुने बताइएको छ ।

 

Categorized in विज्ञान-प्रविधी