क्यानडामा खोप विरोधीहरुको खाता रोक्का गर्न प्रधानमन्त्रीको निर्देशन
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ३, मंगलबार

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रेडोले खोप विरोधीहरुलाई दबाउन नयाँ नियम लागू गर्ने भएको छ ।
ट्रक चालकहरुको जारी आन्दोलन दबाउन नयाँ कदम चालेको प्रधानमन्त्री जस्टिनले यस्तो कम चाल्नु भएको हो । उहाँले आन्दोलनमा सहभागिहरुको बैंक खाता रोक्का गर्ने आपतकालिन ऐन लागु गर्न निर्देशन दिनुभएको छ ।
आपतकालिन ऐन अनुसार अदालतको आदेशबिना बैंकहरूले विरोधमा संलग्न जोसुकैको व्यक्तिगत खाता रोक्का गर्न सक्नेछन् । प्रधानमन्त्री ट्रुडोले प्रहरीलाई प्रदर्शनकारीलाई जेल वा जरिवाना गर्न र महत्वपूर्ण पूर्वाधारको सुरक्षा गर्न थप उपकरणहरू दिइने बताउनुभएको छ ।
उहाँले कानून अस्थायी रूपमा र अत्यधिक विशिष्ट रूपमा लागू हुने जानकारी दिनुभएको हो । यो क्यानाडालीलाई सुरक्षित राख्ने कदम भएको प्रधानमन्त्री ट्रुडोको भनाइ छ ।
उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्याण्डले सोमबार आयोजित पत्रकार सम्मेलनमा बैंकहरूले अदालतको आदेशको आवश्यकता बिना नै आन्दोलनसँग सम्बन्धित जो कोहीको व्यक्तिगत खाता फ्रिज गर्न सक्ने जनाउनुभएको छ ।
उहाँले प्रदर्शनमा संलग्न जो कोहीको सावारी साधन, बीमा पनि निलम्बन गर्न सकिने चेतावनी दिनुभएको हो । आन्दोलन चर्काउनको लागि ह्याकरहरूले क्राउडफन्डिङ प्लेटफर्ममार्फत आन्दोलनकारीहरुलाई चन्दा दिएको सार्वजनिक भए लगत्तै बेलायती सरकारले यस्तो कानुन ल्याएको हो ।
Categorized in अन्तर्राष्ट्रिय