arin enterprises

अमेरिकामा एचआईभि संक्रमित महिलाको सफल उपचार

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ फाल्गुण ४, बुधबार

अमेरिकामा पहिलो पटक एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ ।

न्यूयोर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ‘न्यूयोर्क प्यासेन्ट’ नामाकरण गरेकी एक महिलालाई ‘स्टेम–सेल’ थेरापी गरिएपछि एचआईभी मुक्त भएकी हुन् ।

गत हिउँदमा उनको स्टेम–सेल थेरापी रोकिएको थियो । थेरापी रोकिएको एक वर्षपछि गरिएको परिक्षणामा उनको शरीरमा एचआईभीको कुनै कोष फेला नपरेको दाबी गरिएको छ ।

एचआईभीलाई जितेकी ती महिला ल्यूकेमियाबाटसमेत पिडित रहेकी अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । २०१७ मा ल्यूकेमिया भएकी ती महिला चार वर्षसम्मको उपचारपछि क्यान्सरमुक्त भएकी थिइन् ।

उनलाई एचआईभी भने २०१३ मा भएको थियो ।

‘स्टेम–सेल थेरापी’पछि एचआईभीमुक्त हुने उनी चौथो व्यक्ति हुन् । यसअघि एचआईभी संक्रमित तीनजना पुरुषको पनि सफल उपचार भइसकेको छ ।

के हाे स्टेम सेल थेरापी

‘स्टेम–सेल’ थेरापी क्यान्सर र एचआईभी जस्ता गम्भीर रोगको उपचार गर्न अपनाइने एक विधि हो । यो थेरापीका क्यान्सर अन्तिम चरणमा पुगेका बिरामीको उपचारमा समेत यही विधि प्रयोग गरिदै आएको छ ।

यो थेरापीका लागि दाताले आफ्नो नाभीको रगत र हड्डीभित्रको मासी दान गर्छन् । दान गरेको रगत र मासीलाई बिरामीको शरीरमा प्रत्यारोपण गरिन्छ । नाभीको रगतले रक्त क्यान्सरसँग लड्न सघाउँछ भने हड्डीभित्रको मासीले स्टेम–सेल प्रदान गर्छ ।

यस उपचार विधिलाई निकै जोखिमपूर्ण बताइएको छ । यस विधिबाट हुने उपचारको क्रममा बिरामीको मृत्यु समेत हुने गर्छ । त्यसैले सामान्य उपचार विधिमार्फत् एचआईभीसँग लड्न सक्ने मानिसको उपचारमा यो विधि प्रयोग गरिँदैन ।

Categorized in अन्तर्राष्ट्रिय