arin enterprises

ब्राजिलमा पहिरो जाँदा कम्तिमा ९४ को मृत्यु

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ५, बिहिबार

ब्राजिलको पहाडी क्षेत्र पेट्रोपोलिसमा भिषण बाढी पहिरो जाँदा कम्तिमा ९४ जनाको मृत्यु भएको छ ।

ब्राजिलको रियो दि जेनेरियो शहरको उत्तरतर्फ रहेको पहाडी इलाका पेट्रोपोलिसमा अकस्मात आएको मुसलधारे वर्षापछिको बाढी पहिरोमा ठूलो जनधनको क्षती भएको हो । बाढीले दर्जनौं सवारी साधान बगाएको थियो भने पहिरोमा परि सयौं घर ध्वस्त भएका छन् ।

भग्नावशेषमा पुरिएकाहरुको खोजी कार्य जारी छ । अधिकारीहरुका अनुसार उद्धार तथा राहत कार्यलाई छिटो र प्रभावकारी बनाउन शहरमा आपतकाल घोषणा गरिएको छ ।

उद्धार कार्यमा सेनालाई समेत परिचालन गरिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय