भारतको एक विवाह उत्सवमा कुवामा खसेर १३ को मृत्यु
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ५, बिहिबार

भारत, उत्तरप्रदेशको कुशीनगरमा एक विवाह समारोहका क्रममा १३ जना महिला र बालिकाको इनारमा खसेर मुत्यु भएको छ ।
विवाहको हल्दी विधिका लागि इनारमाथि राखिएको फलेकमा बसेको बेला फलेक भाँच्चिएर इनारमा खस्दा उनीहरुको मृत्यु भएको हो । स्थानीय र प्रहरीको सहयोगमा उनीहरुलाई निकालिएको थियो ।
घाइतेमध्ये १० जनालाई समयमै अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको स्थानीयले बताएका छन् ।
घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख र घाइतेका लागि ५० हजार दिने घोषणा गर्नुभएको छ ।
Categorized in अन्तर्राष्ट्रिय