एम्स्टर्डममा बन्दुकधारीले एउटा स्टोरमा रहेका मानिसहरु बन्धक बनाए
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ११, बुधबार

नेदरल्याण्ड्सको एम्स्टर्डमको डाउनटाउन स्क्वायरको रहेको एक एप्पल स्टोरमा बन्दुकधारीले कैयौं मानिसहरुलाई बन्धक बनाएको छ ।
लुट्ने नियतले प्रवेश गरेका ती बन्दुकधारीको हिरासतबाट केही भने भाग्न सफल भएका थिए । प्रहरीले यसबारे केही बताउन चाहेको छैन । उसले भनेको छ कि एप्पल कम्पनीमा बन्दुकधारीले देखियो जसपछि प्रहरीले उक्त स्टोर घेरेका थिए ।
तर सामाजिक सञ्जामा एउटा पोष्ट भएको तस्बिरमा भने ती बन्दुकधारीले निहत्था व्यक्तिलाई घाँटीमा समातेर लगिरहेको थियो । यस घटनाको प्रत्यक्षदर्शीका अनुसार एप्पल स्टोरभित्र बन्दुक पड्केको आवाज सुनेको बताए ।
तर उक्त स्टोरमा कति मानिस थिए भन्ने यकिन विवरण खुल्न सकेको छैन । प्रहरीले उक्त क्षेत्रका मानिसहरुलाई घरभित्रै रहन र स्टोरमा रहेको व्यक्तिहरुको सुरक्षा लागि सामाजिक सञ्जालमा तस्विरहरु वा लाइभ स्ट्रिमहरु सेयर नगर्न आग्रह गरेको छ ।
Categorized in अन्तर्राष्ट्रिय