arin enterprises

एलन मस्कले किने ट्वीटर

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख १३, मंगलबार

एलन मस्कले सोसल मिडिया कम्पनी ट्वीटर खरिद गरेका छन् ।

विश्वकै धनाढ्य मस्कले स्थानीय समय अनुसार मंगलबारका दिन ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् ।

मस्कले केही समय अघि ट्वीटरको ९ प्रतिशत मात्र सेयर किनेका थिए । अहिले भने उनले ५४.२० डलर प्रति सेयरको दरले ट्वीटरको सबै सेयर किनेको बताएका छन् ।

एलन मस्कको प्रस्तावलाई ट्वीटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा गम्भीरतापूर्वक आँकलन गरेर बेच्ने निर्णय गरेको ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले जानकारी दिए । साथै यो सम्झौतापछि आकर्षक प्रिमियम प्राप्त हुने भएकाले ट्वीटरको सबै सेयरधनीहरुका लागि यो राम्रो अवसर भएको धारणा टेलरले पोखे ।

ट्वीटर मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुने डिजिटल टाउन भएको उल्लेख गर्दै वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको बताए । ट्वीटरमा नयाँ सुविधा थप्दै विगतमा भन्दा राम्रो बनाउन प्रयासरत रहने बताए ।

फोर्ब्सका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर छ । अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको नेतृत्व गर्ने मस्क विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य सेयरधनी समेत हुन् ।

केही दिन अघिमात्रै उनले एक अर्व १० करोड डलर बराबरको टेस्लाको शेयर विक्री गरेका थिए । उनले विक्री गरेको दुई दिनमा टेस्लाको शेयर १६ प्रतिशतले घटेको थियो । एलन मस्कले ९ लाख ३० हजार कित्ता शेयर विक्री गरेको बताइएको छ ।

मस्कसँग अहिले पनि २ खर्ब ८० अर्ब डलर बराबरको टेस्लाको १७ लाख कित्ता शेयर रहेको छ । 

Categorized in विज्ञान-प्रविधी