सुचीले गरेको याचिका अस्वीकार
SamacharDesk | २०७९ बैशाख २२, बिहिबार

भ्रष्टाचारको आरोपमा पाँच वर्ष कारावासको सजायँ सुनाएकी म्यानमारका प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीले गरेको अपिल अदालतले अस्वीकार गरेको छ ।
७६ वर्षीया सुचीलाई सेनाविरुद्ध उक्साहट दिएको, नगद र सुनको घुस स्वीकार गरेको भन्दै गत हप्ता उनलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । यसअघि नै छ वर्षको जेल सजाय सुनाइसकिएको छ ।
उहाँले कोभिड–१९ नियम उल्लंघन गर्दै दूरसञ्चार ऐन तोडफोड गरेको अदालतले ठहर गरेको हो । यो अवधिमा सुची राजधानी न्यापितस्थित कुनै अज्ञात स्थानमा नजरबन्दमा रहने पनि बताइएको छ ।
उहाँलाई राज्यको गोपनीयता भंग गरेको, विभिन्न विषयमा भ्रष्टाचार गरेको र चुनावी धाँधली गरेकोलगायतका थुप्रै आरोप लगाइएको छ । सुचीमाथि लागेको सबै आरोपमा उहाँ दोषी रहेको पाइएमा१०० वर्षभन्दा बढी जेल सजाय हुनेछ ।
म्यानमारको मानव अधिकार अनुगमन समूहका अनुसार म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएका प्रदर्शन, विरोध र सरकारविरोधी अभियान सञ्चालनका क्रममा भएका झडपमा कम्तीमा एक हजार ८०० भन्दा बढी मानिस मारिएका छन् र १३ हजारभन्दा बढी गिरफ्तार भएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय