arin enterprises

ओप्पो र डिज्नील्याण्डबीच फोटोग्राफीमा साझेदारी

SamacharDesk | २०७९ आषाढ १६, बिहिबार

ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गरेको छ । जसमा रात्रिकालिन समयमा प्रकृतिक रुपमा उत्कृष्ट फोटोहरु खिचिन्छ ।

रातमा उत्कृष्ट क्षणहरू क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्टफोनहरूको लागि चुनौती हो । यो समयमा फोटोहरु ग्रेनी डार्क स्पोट, हाइलाईट्स र वास आउटबीच हराउँछन् ।

नयाँ फाईन्ड एक्स फाईभ सिरीजकोे हाई–टेक ४के अल्ट्रा नाइट भिडियो र ५० एमपीवाईड र अल्ट्रा–वाइड एङ्गलक्यामरा, बिलियनकलर डिस्प्लेको साथमा, कुनै पनि प्रकाशमा अविष्मरणीय वा एसपिरेसनल अवसरहरू रेकर्ड गर्न यो स्मार्टफोनले सक्षम बनाएको छ ।

सपना, चमक, उर्जा र उज्यालो यी शब्दहरू डिज्नील्याण्ड पेरिसको ३० औं वार्षिकोत्सवको अन्र्तनिहित अवधारणा हो र यही अवधारणा ओप्पो फाइन्ड एक्सफाईभ सिरिजमा पनि लागू गरिएको छ ।

ओप्पोले ईन्फ्लुअन्सरहरुलाई उत्सवको अनुभव गर्न र यस अविष्मरणीय क्षणलाई आफ्नो क्यामरा मार्फत कैद गर्न पेरिस बोलाएको थियो ।

ओप्पो फाईन्ड एक्स फाईभले डिज्नील्याण्ड पेरिसका गेस्टहरुलाई उत्कृष्ट सम्झनाहरू खिच्न र प्रतिष्ठित लाइट शो सुटिङ गर्दा पनि अस्पष्ट, धमिलो वाग्रेनी ईमेजहरुको सट्टा प्रकृतिको र रंगीविरंगी फोटो खिच्न मद्दत गरेको छन् ।

एउटा फोटोमा कुनै पनि चीजको पूर्ण महिमा जम्मा गर्न उत्कृष्ट स्मार्टफोन चाहिन्छ त्यसैले ओप्पोले ईन्फ्लुअन्सरहरुलाई फाईन्ड एक्स फाईभप्रो प्रदान ग¥यो र ईन्फ्लुअन्सरहरुलाई यस ३०औँ वार्षिकोत्सवको
लागि डिज्नील्याण्डमा भएको उत्कृष्ट आतिशबाजी तथा प्रकाशका डिस्प्लेलाई ज्वलन्त रुपमा आफ्नो फोटो र भिडियोमा कैद गरेको छ ।

ओप्पो फाईन्ड एक्स फाईभ प्रोले वार्षिक उत्सवका तामझाम, आतिशबाजी, ड्रोनद्वारा प्रक्षेपण गरेका फोटो तथा भिडियोहरु तथा जोशिला सङ्गीतको अपत्यारिलो किसिममको प्राकृतिक र तीखो रङ्गहरुमा कैद गरेका छन् ।

Categorized in विज्ञान-प्रविधी