एकै परिवारका चार जनाको शव फेला
SamacharDesk – Aakash Rajopadhyaya | २०७९ श्रावण १६, सोमबार

काठमाडौंको तारकेश्वर नगरपालिका–२ धर्मस्थलीस्थित भीमसेन टोलमा एकै परिवारको चारजनाको शव फेला परेको छ ।
आज विहान श्रीमान दिनेश पाण्डे, श्रीमती सुनीता काप्री पाण्डे, उनका छोरा आशिक र छोरी आशिकाको शव विभत्स अवस्थामा फेला परेको हो ।
आज विहान छोराहरुको स्कुल बसले लिन आउँदा केहीबेर कुरेर हर्न बजाउँदा पनि कोही ननिस्कएपछि उक्त घटनाको रहस्य खुल्न आएको हो । स्कूल बसलले हर्न बजाइरहँदा पनि कोही ननिस्केपछि छिमेकीले ढोका ढकढक्याए पनि कोही बाहिर नआएपछि प्रहरीलाई खबर गरेका थिए ।
पछि प्रहरी आएर ढोका खोल्दा चारजानको शव विभत्स अवस्थामा फेला परेको छिमेकीले बताएका छन् । छिमेकीका अनुसार श्रीमान दिनेशले पदमसाल चोकमा मोवाइल पसल सञ्चालन गर्दै आएका थिए ।
संयुक्त अधिराज्य बेलायत जानको लागि भिसा लगाइसकेकी श्रीमती सुनीताले फेन्सी पलस सञ्चालन गर्दै आएकी थिइन् ।
त्यस्तै, दिनेशले अत्याधिक मादक पदार्थ सेवन गर्ने जानकारी समेत छिमेकीले दिएका छन् । प्रारम्भिक अनुसन्धानमा श्रीमानले श्रीमतीको हत्या गरेको र त्यसपछि बच्चा र आफूले हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।
Categorized in समाज