arin enterprises

शंकास्पद व्यक्ति सुन व्यापारी भएको ब्यूरोको ठहर

SamacharDesk | २०७९ श्रावण १८, बुधबार

नेपाल एयरलायन्सको विमानबाट आज दिउँसो नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरोले २ जना शंकास्पद व्यक्तिलाइ नियन्त्रणमा लियो ।

आतङ्कवादी भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएका एक व्यक्ति सुन व्यापारी भएको खुलेको छ। प्रहरीको विशेष ब्युरोले विशेष सूचनाको आधारमा मुम्बई उड्न तयार रहेको विमान रोकेर २  व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

एक व्यक्ति सुन व्यवसायीको साथी मात्र रहेको खुलेपछि प्रहरीले सोधपुछ गरेर छाडेको छ। अर्का सुन व्यापारीलाई भने प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंबाट बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि आएपछि ब्यूरोले सो विमानमा रहेका सबै यात्रु ओरालेर जाँच गरेको थियो ।

नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति मुम्बई तयारीमा थिए । श्रीमान् श्रीमतीका रूपमा प्रारम्भिक पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले प्रधान कार्यालयमा पठाएको थियो ।

ढोका बन्द भएर उड्न लागेका बेला विशेष ब्यूरोले अनुसन्धानका लागि जहाज रोकेको हो ।

सबै यात्रुको जाँचपछि फेरि उनीहरूलाई जहाजमा चढाइएको एयरलाइन्सले जनाएको छ ।

Categorized in राष्ट्रिय