arin enterprises

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ पौष १७, आइतबार

बागलुङमा श्रीमानको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ ।

श्रीमानको कुटपिटबाट ३० वर्षीया मिना घर्तीको शनिबार मृत्यु भएको हो ।

निसिखोला गाउँपालिका–६ रुबाङ बस्ने घर्तीको उनकै श्रीमान ३३ वर्षीय धन बहादुर घर्तीको कुटपिटबाट मृत्यु भएको हो ।

घटना पछि धन बहादुर हाल फरार रहेका छन् ।

धन बहादुरको खोजी भइरहेको र घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  

Categorized in अपराध