arin enterprises

एलन मस्क पुनः विश्वकै धनी व्यक्ति

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण १६, मंगलबार

एलन मस्क पुनः विश्वकै धनी व्यक्ति बनेका छन् ।

ब्लूम बर्गको पछिल्लो तथ्यांक अनुसार स्पेस एक्सका संस्थापक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन् ।

मस्क केही समय अघि दोस्रो नम्बरमा झरेका थिए । विद्युतीय कार निर्माण टेस्लाको शेयर सन् २०२३ सुरुदेखि नै बढेसँगै मस्क पुनः पहिलो नम्बरमा आएका हुन् ।

सन् २०२२ को अन्त्यमा २ सय विलियन डलरको सम्पत्ति गुमाएर उनी इतिहासमै सबै भन्दा धेरै नोक्सान ब्यहोर्ने धनाढ्य पनि बनेका थिए ।

गत डिसेम्बरदेखि फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटानका सीईओ बर्नार्ड अर्नाल्ट पहिलो नम्बरमा रहेका थिए । गत डिसेम्बरमा मस्कको सम्पति १ सय ३७ विलियन डलरमा झरेको थियो ।

मस्कको अहिले कुल सम्पत्ति १सय ८७ दशमव १ विलियन डलर पुगेको छ ।

अर्नाल्टको सम्पत्ती भने १८५ दशमलव ३ विलियन डलर रहेको छ ।

Categorized in अन्तर्राष्ट्रिय