आईफोन १५ को सबै मोडेलमा ४८ मेगापिक्सेल क्यामेरा हुने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १, सोमबार

आईफोन १५ को सबै मोडेलमा ४८ मेगापिक्सेलको क्यामेरा उपलब्ध हुने भएको छ ।
१२ मेगापिक्सेलको क्यामेरा प्रयोग गर्दै आएको कम्पनीले थप फिचर सहित क्यामेरालाई ४८ मेगापिक्सेलमा अपग्रेड गरेको हो ।
यसअघि एप्पलले आईफोन १४ सिरिजको प्रो मोडेल अर्थात् आईफोन १४ प्रो र १४ प्रो म्याक्समा मात्र ४८ मेगापिक्सेलको क्यामेरा दिएका उपलब्ध गराउन सुरु गरेको थियो ।
तर अब १५ सिरिजका फोनमा भने चारैवटा मोडेलमा ४८ मेगापिक्सेलको क्यामेरा हुने जानकारी बाहिर आएको छ ।
एप्पलले १५ सिरिजमा आईफोन १५, १५ प्लस, १५ प्रो र १५ प्रो म्याक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
Categorized in विज्ञान-प्रविधी