२ बर्ष सम्म लगइन नभएको जिमेल अकाउन्ट डिलिट हुने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ४, बिहिबार

लामो समय देखि प्रयोग नभएको गुगल अकाउन्ट (जिमेल अकाउन्ट) डिलिट हुनेभएको छ ।
कम्पनीको नियम अनुसार यदि कुनै जिमेल अकाउन्ट २४ महिनासम्म लगइन नभएको खण्डमा सो अकाउन्ट स्वतः डिलिट हुनेछ ।
सन् २०२० मा कम्पनीले अनलिमिटेड स्टोरेजको फिचरसँगै यो नियम पनि ल्याएको हो ।
यो नियम अनुसार दुई वर्षमा सम्म प्रयोगमा नआएको जिमेल अकाउन्टमा भएका डेटाहरु मात्र डिलिट हुने बताइएको थियो ।
तर अब भने पुरै अकाउन्ट नै डिलिट हुने बताइएको छ । यो वर्षको डिसेम्बर महिनापछि यो नियम लागू हुने कम्पनीको भनाइ छ ।
Categorized in विज्ञान-प्रविधी