arin enterprises

पुटिनद्वारा देशद्रोहिका नाइकेलाई कानुनी कारबाही गर्ने चेतावनी

SamacharDesk | २०८० आषाढ १२, मंगलबार

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले देशद्रोहिका नाइकेलाई कानुनी कठघरामा उभ्याउने चेतावनी दिएका छन् ।

सोमबार सम्बोधन गर्दै पुटिनले निजी सैन्य समुह वाग्नरका प्रमुख यभ्गेनी प्रिगोझिनतर्फ लक्षित गर्दै कानुनी कारबाहीको संकेत गरेका हुन् । रुसको तर्फबाट युक्रेनमा लडिरहेका वाग्नर समुहका लडाकुहरुलाई भने पुटिनले देशभक्त सैनिकको संज्ञा दिए ।

व्रिदोहको लागि मस्कोतर्फ अघि बढेका हजारौं वाग्नर लडाकुलाई रुसी सेनामा समायोजन हुने, बेलारुस जाने वा घर फर्किने विकल्प खुला रहेको पुटिनको भनाइ छ ।

तर, रुसी सत्ता हत्याउन हतियार उठाएका समुहका नाइकेलाई भने त्यसै छाड्न नसककिने पुटिनको आक्रोश छ ।

त्यस्तै पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोप्रति आभार प्रकट गर्दै रुसमा हुन लागेको रक्तपातलाई रोकेको भन्दै धन्यबाद दिँदै रुसमा रक्तपात मच्चाउन खोज्नेलाई नछोड्ने बताए ।

Categorized in अन्तर्राष्ट्रिय