चिनियाँ खर्बपति ज्याक मा नेपालमा
SamacharDesk | २०८० आषाढ १२, मंगलबार

अलिबाबाका संस्थापक तथा चिनियाँ खर्बपति ज्याक मा नेपाल आइपुगेका छन् ।
अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले ज्याक मा नेपाल आएको पुष्टि गरेका हुन् ।
उनी मङ्गलबार दिउँसो विशेष चार्टर्ड बिमान मार्फत दिउँसो नेपालमा पुगेका थिए । तर उनी अचानक यसरी नेपाल किन आए भन्ने कारण चाहिँ खुलिसकेको छैन ।
चीन सरकारले पछिल्लो समय ज्याक मा र उनको कम्पनी माथि कडाईको नीति लिएको छ । केही समय सार्वजनिक जीवनबाट गुमनाम बनेका उनी पछिल्लो समय मात्र बाहिर आएका थिए ।
उनलाई तत्कालीन समयमा चिनियाँ सरकारले बेपत्ता पारेको हुन सक्ने आशंका समेत गरिएको थियो ।
उनले चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका अधिकारीहरूको आलोचना गरेका थिए । जसले गर्दा उनको कम्पनी आन्ट ग्रुपले जारी गर्न लागेको संसारकै ठूलो आईपीओ समेत रोकिएको थियो ।
यस्तै नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केट तथा ईकमर्स साइट दराजमा पनि ज्याक माको कम्पनी अलिबाबाको लगानी रहेको छ ।
Categorized in बिजनेस